Text Widget

Ordered List

लामो समय बाँच्ने हो ? यसो गर्नोस ।



excercise
प्राय हामी सबैलाई खानेकुरामा चाहे बिहान होस् या बेलुका? अलि अलि चिल्लो, पिरो खादा खेरि “जिभ्रो मै झुन्डिने” मसलादार तरकारी र अचार नभई खाना रुच्दैन । अझै भन्नु पर्दा तराईबाट फोहर ल्याएको जस्तो झिंगा भन्कने गरि ट्रकमा हालेर ल्याएको(चपाउन पनि मेसिन चाहिने) जस्तो भैसीको मासु होस् या बर्ड फ्लु लागेको कुखुराको मासु प्राय अनिबार्य हामी नेपालीको दैनिक तरकारी जस्तै भैसकेको छ । त्यति मात्र कहाँ हो र ? तरकारीमा माछा, मासु छ भने हामीलाई भात संग मुछेर खानलाई अरु केहि पनि चाहिदैन यो हामी सबैको यथार्थ हो ।

japanese, Nepalli
यसैगरी हाम्रो समाजमा अझै पनि बिहान – बेलुका छोरी, बुहारी भान्सामा खाना पकाउन सुरु गर्नासाथ “साग पकाउन भन्दा अलि बढी तेल, खुर्सानी, मसलाहरु हालेर पकाउ है नत्र खल्लो होला” भनेर निर्देशित गरिन्छ अनि कसरी स्वस्थ, स्फुर्त भएर लामो समय बाच्न सकिन्छ र ? बिश्वमै लामो आयु भएको जापानीहरु जस्तो ।

तर, अहिले भने कमसेकम खाना कस्तो खाने, के के खाने ? कस्तो खानाले स्वस्थमा असर गर्छ? भन्ने कुराहरुमा अलिकति राम्रो चेतना जाग्दै आएको छ । त्यसैले आजका भान्साहरुमा पहिले जस्तो दिनहु, चिल्लो पिरो मासु लगायतका मसलादार तरकारीमात्र पाक्न कम हुदैछ । बिहान मासु खाए बेलुका साग, भोलिपल्ट माछा पाक्न थालेको छ । यधपी खुर्सानी, तेल, नुन मसला (खै के के मिसावट भएको) को मात्रा भने कम हुन सकेको छैन जस्तो लाग्छ मलाई । त्यसैले हामीले पनि, आफ्नो स्वस्थमा ख्याल गर्दै, स्वस्थमा हानी गर्ने खानेकुरा कुराहरु घटाउदै हल्का तेल, मसला मात्र प्रयोग गरेको खानेकुरा र सन्तुलित भोजन लिने बानि बसाल्न थाल्यौं भने पक्कै पनि नेपाल पनि कुनै दिन संसारको लामो आयु भएको देश भनेर चिनिने छ ।

अब प्रसंग बदलौं, जापानीजहरु किन संसारमै लामो समय बाच्न सक्छन भनेर ? हो, जापान संसारमै मानिसको औसत आयु लामो भएको देश भनेर चिनिन्छ । WHO को २०१२ मा गरिएको सर्वेक्षणले जापान बिश्व भरिमा महिलाको औसत आयु ८६ वर्ष र पुरुषको ८० बर्ष रहेको छ । भने हाम्रो देश नेपाल को औसत आयु पुरुष ६७ वर्ष र महिला ६९ मात्र रहेको छ यस्तो फरक किन त ? जापानिज हरु धेरै लामो समय बाच्नु अनि नेपालीहरु धेरै बाच्न नसक्नु, यसका धेरै कारणहरु छन् ।

१ खानामा सन्तुलन:
जापानीहरुले पनि प्राय तीन चोटी नै खान्छन हामीले जस्तै । बिहान हल्का खाना, १२ बजेतिर बिहानको खाना अनि बेलुकाको खाना । तर फरक यत्ति हो हामीले खाने खाना संग प्राय दाल, तरकारी र अचार मात्र हुन्छ भने यिनीहरु खाने खानामा सन्तुलन मिलाइएको हुन्छ । जापानीहरुको खानामा बनाउन जतिसुकै अल्छी लागेपनि ,थोरै खाना, (तेल मसला कम प्रयोग गरिएको अथवा उसिनेको )माछा, सुप, गेडागुडी, सीफुड, काँचो माछा (मुटु रोग बाट बचाऊछ) , तोउफु उसिनेको तरकारी, अर्गानिक चिया (क्यान्सर बाट बचाऊछ) आदि हुने गर्दछन । यसै गरि यिनीहरु खानामा चिल्लो, पिरो मसलादार फ्याटयुक्त खानेकुरा प्रयोग गर्ने गर्दैनन गरे पनि थोरै मात्रामा । त्यसैले यस्ता खानेकुरामा शरीरको लागि आवश्यक पर्ने कर्बोहैद्रेट, प्रोटिन लगायत अन्य भिटामिनहरुको सन्तुलन मिलेको हुन्छ, र यस्ता खाने कुराले शरीरका कुनैपनि अंग लाई खराब गर्ने गर्दैनन भनेर डाक्टर हरु बताउँछन्।
onsen
२ वातावरण, सरसफाई अनि दैनिक स्नान गर्ने चलन:
जापान यति धेरै बिकसित भएपनि, खानेपानी, वातावरण सधै सफा राख्नको लागि जापानीहरु प्राय सधै आफ्नो घर होस् या शहर सफा राख्ने गर्दछन् । चेतनशील जापानिजहरु बाटो, शहरबजार कहिपनि जथाभावी फोहर फाल्ने काम गर्दैनन, त्यसैले शहर बजार सधै सफा हुने गर्दछ। साथसाथै जापानी सरकारले आफ्नो अति आधुनिक विकास संगसंगै वातावरण प्रदुषण हुनबाट जोगाउन को लागि धेरै मेहनत र पहल गरिरहेको देखिन्छ त्यसैले त हाम्रो छिमेकी मुलुक चिन जस्तो प्रदुषित हुन बाट जोगिएको छ जापान । अति ब्यस्त शहर टोकियो मा पनि फोहर, सवारीसाधन, कारखानाहरुबाट निस्कने धुलो धुवाँ कहीं पनि देखिदैन । यति सम्म कि, लगाएको जुत्ता एक महिना सम्म पनि धुलो लागेको हुँदैन ।

यसैगरी, जापानीहरु आफ्नो व्यक्तिगत सरसफाइमा पनि ख्याल राख्ने गर्दछन । जतिसुकै काममा थकित र ब्यस्त रहे पनि बिहान एकचोटी नुहाएरै बाहिर जाने गर्दछन, अनि बेलुका फर्केपछी पनि आधि घण्टा जति तातोपानी ओफुरो बसेर नुहाउने गर्दछन । साथै जापानको पहिचान जस्तै बनिसकेको ज्वालामुखी बाट बनेका तातोपानी कुण्ड(ओनसेन) मा बच्चा देखि बृद्ध सम्म पनि गएर क्यल्सिएम, सल्फर, तामायुक्त तातो पानीमा डुबेर रिल्याक्स लिने गर्दछन समय समयमा । जसले शरीरको थकान मेटाउने, रुगा लाग्नबाट बचाउने, स्ट्रेस घटाउने लगायत छालालाई चुस्त राख्ने काम गर्ने गर्दछ ।

३ स्वस्थ सेवा प्रणाली, बृद्ध अबस्थामा पनि काम गर्नु
जापानमा अनिवार्य स्वास्थ बिमा गर्नुपर्छ, जसले गर्दा जापानीहरु बर्षमा कम्तिमा पनि १२ पटक भन्दा बढी आफ्नो नियमित चेकअप गर्ने गर्दछन । परिणामस्वरुप, आफ्नो स्वास्थमा हुने परिबर्तन,गडबडी सम्बन्धि सबै जानकार रहने हुनाले सितिमित्ति ठूला रोग लाग्न बाट सजिलै सचेत रहने गर्छ ।
यसै गरी जापानिजहरु प्राय काम गर्दा अल्छी नलागोस अनि शारीरिक व्यायाम होस् भनेर उभिएरै काम गर्ने गर्दछन। यिनीहरु नियमित काममा जादा होस् या ? कतै जानु पर्यो भने अन्य देशहरुमा जस्तो सौखिन तरिकाले बाइक, कारको प्रयोग गर्ने गर्दैनन, प्रयोग त गर्छन तर धेरै काम मात्रामा । धेरैजसो जापानिजहरू काममा जादाखेरि आफु बसेको ठाउँबाट ट्रेन स्टेसन सम्म पैदल हिडेर जान्छन अनि बल्ल त्यहाबाट ट्रेनको प्रयोग गर्ने गर्दछन । अझ अनौठो कुरो, बृद्ध अवस्था सम्म पनि स्फुर्त र स्वास्थ रहनको लागि यहाँ ६०-७० बर्ष सम्म पनि मानिसहरु काम गर्ने गर्दछन ।

४. उपचार गर्ने प्रणाली
उसै त जापान प्रविधिमा बिश्वमै अघाडी रहेको सर्बबिदितै छ । यहाको आधुनिक उपचार पद्दतिले नै गर्दा जापानको बालमृत्युदर एकदमै न्यून रही आएकोछ । यसै गरी जति सुकै ठुलो बिरामी भए पनि आधुनिक प्रविधि को उपचारले गर्दा मर्नलागेकाहरुले पनि लामो समय सम्म जिउन सकेका छन् ।
त्यसैले, हामीहरुले पनि सम्भंब भए सम्म जापानिजहरुले गर्नेगरेका कुराहरुको सिको गर्न सक्यौं भने केहि लामो समय स्वस्थ, स्फुर्त भएर बाच्ने थियौं होला । जसको लागि तपाई हामी सबै आजै बाट लाग्न जरूरी छ ।

तर, हाम्रो देश नेपाल पनि जापान भन्दा कम छैन, हामीसंग अथाह हरियाली जंगल छ स्वोच्छ हावा बहने । हामी संग कलकल बग्ने खोलानाला छन् खानको लागि । सागपात, गेडागुडी फल्ने खेतबारी छन् । यति मात्र हो कि, हामीले सधै “जिभ्रोमै झुन्डिने” मिठो खानेकुरा मात्र खान खोज्नु भएन, टन्न तेल अनि मसला राखेर दिनदिनै मासु भात मात्र खानु भएन । हरियो खुर्सानी टोक्नु भएन । सौखिन्ताले ग्रस्त भएर पुतलीसडकबाट रत्नपार्क जान ट्याक्सी खोज्नु भएन । बस् यति गरे पुग्छ लामो समय बाच्नको लागि ।

अनि, यस्तै यस्तै स्वस्थ रहेर लामो समय बाच्ने तरिका छ भने कमेन्टमा लेख्नु होला।

0 comments:

Post a Comment

 
2011 Dolakhapost.com | Blogger Templates for Over 50 Chat Sponsors: Short People Club, Michigan Mechanical Engineer Jobs, California Dietitian Jobs