Text Widget

Ordered List

फेरी उही गल्ति "दोलखा बजारको ठाउँमा चरिकोट "

 कृष्ण के श्रेष्ठ "काल्स"
योकोहामा जापान


नागरिकमा प्रकासित गलत क्याप्सन, अहिले सच्याएर अर्को समाचार प्रकासित भएको छ

दोलखा जिल्ला आफैमा एउटा छुट्टै संस्कृति, संस्कार र छुटै इतिहास बोकेको जिल्लाको रुपमा नेपाल अधिराज्यमै परिचित छ । नेवार समुदायको बाक्लो बस्ति भएको दोलखाबजार, जिल्लाको सदरमुकाम चरिकोटबाट करिब ४ किलोमिटर पूर्वमा अबस्थित छ ।  यो पनि अबगत गरौँ कि, दोलखा जिल्ला भित्र चरिकोट अबस्थित छ, न कि चरिकोट भित्र दोलखाबजार ।

दोलखामा हुने विभिन्न किसिमका चाड पर्ब र जात्राहरु भने बिशेष गरि नेवारी बस्ति बाक्लो भएको स्थान दोलखा बजारमानै हुने गर्दछ  । राष्ट्रिय समाचारपत्रहरुमा दोलखा जिल्लाको मठमन्दिर, चाडपर्ब हरुको बारेमा समाचार प्रकाशन हुनु धेरै राम्रो कुरा हो ।

तर, दोलखा बजारमा अबस्थित विभिन्न धार्मिक स्थानको बारेमा, या दोलखा बजारमा  हुने गरेका विभिन्न किसिमका जात्राहरुको बारेमा समाचारहरु राष्ट्रिय पत्रिकाहरुमा प्रकासन गर्ने  क्रममा धेरै पहिले देखि नै "दोलखाको चरिकोटमा" भएको भनेर गलत समाचार सम्प्रेषण गरेको पाइन्छ केहि पत्रकार हरुले जानेर हो या अन्जान मा । अन्जान मा भन्नु पनि कसरी ? त्यस्ता गल्तिहरु एकचोटी मात्र हैन, धेरै  चोटी दोहोराई रहेकाछन  । गल्ति सच्याउन पनि समय समयमा सुसुचित नगराएको पनि होइन पत्रकार मित्र हरुलाई ।

गलत समाचार प्रकासन गर्नु न्युज डेस्कको प्राबिधिक कमजोरी पनि हुन सक्छ कहिलेकाहीं । तर स्थानीय सम्बाददाताले पठाएको समाचारमा लेखिएको स्थानलाइ पुरै परिबर्तन गरेर अर्कै स्थानको नाम लेखेर प्रकाशन गर्ने अधिकार पनि न्युज डेस्कलाइ नहुनु पर्ने हो । यदि समाचरको बारेमा कन्फ्युज नै लागेको भए पनि सम्बाददाता संग सोधपुछ गरेर मात्र समाचार सम्प्रेषण गर्नु पर्ने हो । त्यसैले मलाई लाग्छ गल्ति जानाजानी या अन्जानमै स्थानीय सम्बाददाता बाटै भएको हुनु पर्छ होला ।

तर, एक पछि अर्को यस्तो गल्ति हुन्छ किन? दोलखा बजार लेख्नु पर्ने ठाउँमा चरिकोट लेखिन्छ किन? यसको उत्तर, दोलखाका पत्रकारहरुले दिन सक्नु पर्छ । दोलखा बजारलाई ओझेल पार्नको लागि यस्ता समाचार जानी जानी किन लेखिदैछ? कि गल्ति को कारण के हो ? स्पस्टिकरण दिनु पर्यो दोलखा बजारका स्थानीय बासिन्दाहरुलाई ।

हेरौं बिगतमा भएका केहि गल्तिहरु


सायद राजु बस्नेत जी पनि पत्रकार नै हुनुहुन्छ होला


रेडियो मिर्मिरे 





लोकप्रिय राष्ट्रिय कान्तिपुर पत्रिकामा प्रकासित गलत क्याप्सन

आशा छ अब आइन्दा यस्ता गल्ति नदोहोर्याउन दोलखाका पत्रकार हरुले ।

0 comments:

Post a Comment

 
2011 Dolakhapost.com | Blogger Templates for Over 50 Chat Sponsors: Short People Club, Michigan Mechanical Engineer Jobs, California Dietitian Jobs